कोशी प्रदेश खारेजीको माग राखेर यातायातका साधन बन्द गराउँदै हिंड्ने पहिचान पक्षधरका ९ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार एका बिहानै यातायतका साधन बन्द गराउँदै अशान्ती मच्चाएको भन्दै उनीहरुलाई पक्राउ गरि हिरासतमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए।
पक्राउ पर्नेमा चन्द्रमाया लिम्बू, रमेश राई, बिष्णु तिङेला, अमित राई, पदम तामाङ, महेन्द्र गुरुङ, शिव इस्बो, शागर धामीर टिएन सुब्बा रहेको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताए।
पहिचानबादीहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरणको माग राखेर शनिबारदेखि प्रदेशका १४ जिल्ला बन्द गरेको छ बन्दका कारण लामो दुरिका यातायातका सधन ठप्प भएका छन् भने छोटो दुरिका साधन फाट्टफुट्ट सञ्चालन भएका छन्।
अन्नपूर्ण बाट