सरकारले आफुसंग पटक पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. के सी धनगढीमा सत्याग्रहमा बसेका छन। गेटामा मेडिकल विश्वविद्यालय बनाउने हाम्रो चाहाना हो तर डा . के सी को सत्याग्रह ले सानो प्रतिष्ठान बन्ने भन्दै गेटा बासीले चर्को बिरोध गरेका छन। बिरोध गर्ने मध्यका एक ले भने “डा.केसी ज्यू, हाम्रो माग अनुसार बल्ल बल्ल संसदमा गेटा विश्वविद्यालय विधेयक आएको तपाईँलाई मन नपर्न सक्छ , तर भद्रताको आडमा तपाई त्यसलाई बिथोल्न पाउनुहुन्न रु हामी तपाईँलाई घर गएर आराम गर्न सुझाव दिन्छौँ “
डा.केसीले मुख्य २ बुँदामा आफ्ना माग राखेर शुक्रवार देखि धनगढी एल एन चोक स्थित कृष्ण मन्दिरको धर्मशालामा तीन दिने सत्याग्रह बसेका छन्।
सशस्त्र द्वन्द्वकालका जघन्य तथा मानबताविरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने उनको माग छ।
यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने,
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने , एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन् ।