जबरजस्ती करणी मुद्दामा फरार रहेका काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । उनलाई २०८० असोज ११ गते पक्राउ को लागि नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थीयो ।
३१ वर्षीय लामा बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको र नेशनल सेन्ट्रल ब्युरो कुबेत को समन्वयमा पक्राउ गरि थप कारबाही चलाउनको लागि नेपाल फिर्ता ल्याईको प्रहरीले जनाएको छ।