संघर्षरत व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दियाको कोणसभा

समाचार

नेपालगंज: व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया ले व्यवसायी हरुले शान्तिपूर्णरुपमा राखेका माग हरुलाई सामान्य ठानी व्यवसायीका मागहरुलाई लत्याउने काम नगर्न नेपाल सरकार र राष्ट्र बैंक दुबैलाई सचेत गराएको छ।

सोमबार बर्दिया मधुबन उद्योग बाणिज्य संग अगाडी कोणसभा गर्दै संघर्ष समिति का अध्यक्ष टंक धामी, व्यवसायीक सरोकार मंच बाँके का संयोजक देवानन्द अर्याल लगाएतका वक्ताहरुले सरकार आफैले कोरोना कालमा १५ महिना सम्म व्यवसाय बन्द गराएको तर बैंक को ब्याज तिर्न बाध्य बनाएर केवल बैंक मात्र जोगाउने र व्यवसायी मार्ने खालको एकपक्षिय नीति निर्माण गरेको आरोप लगाए।

नीतिगत तहबाटै हाम्रा माग सम्बोधन नगरे हामी झन् सशक्त र कठोर हुने छौ सरकारले छिटो भन्दा छिटो हाम्रा मागहरु पुरा गर्नुपर्छ ।

नेपालगंज उद्योग बाणिज्य संघ को अगुवाइमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहमा रहेका उद्योग बाणिज्य संग र विभिन्न बस्तुगत संघ हरु एकबद्ध भइ सरकारको अव्यवहारिक कर नीति तथा राष्ट्र बैंक एबम बैंक तथा वितिय सस्थाको मनोमानी बिरुद्ध एकबद्ध भइ चरणबद्ध आन्दोलन उत्रिएका छन।

आगामी पौष ५ गते Talkshow तथा पौष ७ गते बृहत व्यवसायीक आमसभा गर्ने संघर्ष समितिले घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *