नेपालगंज: सरकार र राष्ट्र बैंक को गलत नीति एबम वैंक तथा वित्तिय संस्थाहरुको मनोमानी विरुद्ध संघर्षमा उत्रिएको व्यवासाय तथा व्यवसायी उत्थान संघर्ष समिती ले भोली पौष ७ गते नेपालगन्ज धम्बोझीचोक स्थित राष्ट्र बैंक को प्रादेशिक कार्यालय अगाडि बृहत आमसभा गर्ने भएको छ।
कोरोना कालदेखि नै सरकार ले आफ्नो कथित स्वार्थ राखेर व्यवसायी धरासायी हुँदा समेत आफ्नो जिम्मेवारी बाट भागेको, अफ्ठ्यारो अवस्थामा व्यवसायी लाई घाँटी न्याक्ने काम गरेको, केवल वैंक मात्र बचाउने खालको एक पक्षिय नीति निर्माण गरी देशको र जनताको जीवनस्तरमा झनै नकारात्मकता छरेको, ऋण प्रवाह गर्दा कायम भएको ब्याजदर डबल बनाएर व्यवसायी लाई आत्महत्या गर्नु पर्ने स्थिति को श्रृजना गरेको जस्ता आरोप लगाउँदै संघर्ष समितिले चरणबद्ध आन्दोलन गरिरहेको छ।
पहिलो चरणमा राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझएको संघर्ष समितीले दोश्रो चरणमा बाँके तथा बर्दिया जिल्लाका विभिन्न ठाउँमा कोणसभा गरेको थियो। ‘भोलिको आमसभा पश्चात पनि सरकारले हाम्रा कुरा नसुने हामी झन कठोर भएर उत्रिने छौ। सरकार र राष्ट्र बैंक दुवैले हाम्रा कुरा सुन्नु पर्छ होइन भने आगामी कार्यक्रम समान्य हुने छैनन’ संघर्ष समिति का अध्यक्ष टंक धामीले भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व तथा बाँके तथा बर्दियाका उद्योग वाणिज्य सँग, विभिन्न वस्तुगत संघ, घरेलु उद्योग वाणिज्य संघका लगायतका सङ्गठित व्यपारिक संगठन मा आवद्ध एबम नागरिक समाज, सबैलाई यो आन्दोलनमा सहभागी हुन बाँके अटो मोबाइल एसोिएसन का अध्यक्ष नरेन्द्र बहादुर वाली ले अनुरोध गरेका छन्।