बालकुमारी घटना गोलि हान्ने आदेश दिने प्रहरी निलम्बित

समाचार

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताएका छन्।आजदेखि काठमाण्डाैमा आयाेजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा बाेल्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो घटनामा परी मारिएकाहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरे।उनले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरुले पनि सो परीक्षामा सहभागी हुने पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन पनि सबैलाई आह्वान गरे। प्रधानमन्त्री दाहालले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताए।

उनले वैदेशिक रोजगारीको विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै देश भित्रै रोजगारी अवसर सृजना हुने गरी आर्थिक समृद्धि नयाँ अभियान चलाउनेतिर सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *