नेपालगन्जमा सडक दुर्घटनामा मृत्युु भएकाको अझै सनाखत हुन सकेन

समाचार

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा गएराति १२:४५ बजे भएको सडक दुर्घटनामा मृत्यु भएका मध्ये १ जनाको अझै सनाखत हुन सकेको छैन् ।
नयाँ वर्ष इस्वी सम्बत् २०२४ मनाउन सडकमा हिडिरहेका अवस्थामा सु-प्र.प्र. ०१-००१-प ३४७४ नम्बरको  स्कारपियो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उक्त ठक्करबाट २ दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जना घाइते भएका छन् । घाइते सिकिस्त बिरामीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आई सी यु मा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त दुर्घटनामा परी नेपालगन्ज १८ मा डेरा गरि बस्ने वर्ष ३१ कि आस्था शाहको र नाम नखुलेका एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।  अर्का घाइते नेपालगन्ज १३ बस्ने सहना शाहको अहिले उपचार भइरहेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १८भएको दुर्घटनामा बाट नेपालगन्ज मेडिकल कलेजमा ल्याउदा बाटोमै दुई जनाको मृत्यु भइसकेको र एकजना घाइते रहेको मेडिकल कलेजका मेडिकल अधिकृत  डा. शेखर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *