नेप्से परिसूचक ६ दिनमा १११.७६ अंक घट्यो- हतास हुदै लगानीकर्ता

आर्थिक

उकालिएको शेयर बजार घट्दै मंगलबार २ हजारको पुछारमा आइपुगेको छ। मंगलबार ३० अंकले नेप्से घट्दा २ हजार ३० अंकमा आएर रोकिएको हो। नेप्सेको पछिल्लो ६ दिनको कारोबार हेर्दा नेप्से परिसूचक १११.७६ अंकले घटिसकेको छ।

मंगलबार बजार बन्द हुनु अगाडिसम्म ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएर बजार बन्द भएको थियो।

मंगलबारको कारोबारमा ३७ कम्पनीको मूल्य मात्र बढेको थियो भने २ सय ५ वटा कम्पनीको घट्यो। ३ वटा कम्पनीको स्थिर रह्यो। समूहगत आधारमा हेर्दा सबै समूहका सूचक घटे।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको शेयर मुल्य ३.२ प्रतिशतले घट्यो। जीवन बीमा समूहको २.९, निर्जीवन बीमा २.७, विकास बैंक, फाइनान्स १.३, हाइड्रोपावर १.३ र माइक्रोफाइनान्स समूहको १.३ प्रतिशतले घट्दा उत्पादन १.२ र बैंकिङ १.१ प्रतिशतले घट्यो। व्यापार उपसमूह १ प्रतिशत घट्दा अन्य ०.६ प्रतिशतले घट्यो।

मंगलबार चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लक्ष्मी लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशत बढेको थियो। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घट्यो। सिटिजन लाइफ इन्स्योरेन्सको ७, दोर्दी हाइड्रोपावरको ६.५, अपरहेवाखोलाको को मुल्य ५.५ प्रतिशतले घट्यो ।

मंगलबार भएको कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सोनापुर सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी अगाडि रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *