केएमसी अस्पताल तनावग्रस्त आन्दोलनरत चिकित्सक सडकमा

स्वास्थ्य र जीवनशैली

 काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् ।

निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको छ ।

अस्पतालको तर्फबाट हामीमाथि बल प्रयोग गर्न खोज्दा झडप भयो, हाम्रा केही साथीहरू घाइते भएका छन्,” डा. दाहालले  भने।केएमसी प्रशासनले डा. दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाका निम्ति निलम्बनको पत्र दिएको थियो ।

काठमाडौं विश्वविद्यालय (केयू)ले चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर, केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनील शर्माले डा. दाहाललाई केयू नै फिर्ता पठाउने प्रतिक्रिया दिँदै आएका छन् ।निलम्बनको विरोधमा डा. दाहालसहित पीजी तह पहिलो र दोस्रो वर्षका झन्डै ८० आवासीय चिकित्सक आन्दोलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *