उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीद्वारा नेपालगन्ज नाका र भन्सार अनुगमन

समाचार

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोरा, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाही र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामी र महासचिव भीम रानाभाट लगायत को टोलि मन्त्रि धामी संगै जमुनाहा नाका पुगेका थीए। 

नेपालगन्ज भन्सार कार्यालय र जमुनाहा नाकामा पुगेर मन्त्रि धामीले भन्सार राजस्व सङ्कलन तथा आयात निर्यातको अवस्था बारे नेपालगन्ज भन्सार कार्यालयका निमित्त नवराज पन्त संग जानकारी लिएका हुन । 

मन्त्री धामीले निर्यात हुने वस्तु र निर्यातमा देखिएका समस्या बारेमा विशेषरुपमा चासो लिएर विभिन्न जिज्ञासा पनि राखेका थीए । सो अवसरमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नाकामा कडाइ आवश्यक रहेको माग गर्दै जडीबुटीको निकासीमा भारत सरकारले लगाएका विभिन्न जटिल अवरोधहरू हटाउन सकिए निकासी धेरै बढ्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *