नेपालगन्ज: BB Group को मुख्य प्रायोजनमा NYFC नेपालगञ्जले आयोजना गरेको तेस्रो खुल्ला राष्ट्रव्यापी व्यायाम प्रतियोगिता NYFC नेपालगञ्जका संस्थापक अध्यक्ष श्री तिलक शाही को अध्यक्षता र नेपालगञ्ज उप महानगपालिकाका प्रमुख श्री प्रशान्त बिष्ट को प्रमुख आथित्यता विशिष्ट अतिथि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री श्रावण कुमार पोखरेल, विशेष अतिथी NYFC नेपालका संस्थापक अध्यक्ष सुकदेव कार्की, वडा नं १ का वडा प्रमुख प्रमोद रिजाल, BB Group का प्रबंध निदेशक सरिश बागवान को उपस्थितिमा सफलताका साथ सुसम्पन्न भएको छ।
NYFC नेपालगञ्जका संस्थापक अध्यक्ष श्री तिलक शाहीले सबै सहयोगी हातहरुलाई
धन्यवाद दिँदै आगामी दिनहरू खेलाडी र युवाहरुको समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धत्ता व्यक्त गरेका थीए।
NYFC Nepal का संस्थापक अध्यक्ष श्री सुकदेव कार्कीले NYFC चरित्र प्रेरणादायी बनाउने संस्था भएको र यसमा संलग्न हरेक सदस्यले नेपालको स्वास्थ्य र व्यायाम क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको बताए ।
प्रतियोगितामा पुरुष Circuit तर्फ चन्द्रागिरि काठमाडौंका सुनिल खड्का, महिला Circuit तर्फ नेपालगञ्जबाट आरुषी भट्टराई र पुरुष Bar तर्फ नेपालगञ्जका क्षितिज क्षेत्री विजयी भएका छन्। प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई रु २०,०००, रु १५,००० र रु १०,००० नगद, Himalaya Quista Pro Protein, Poshilo Foods बाट सातु, Pintola Nepal बाट Peanut Butter, Daraz बाट उपहार,मेडल,प्रमाणपत्र र ट्रफी ले सम्मान गरिएको थीयो। Standard Fashion ले कार्यक्रममा सबै खेलाडीहरुलाई, आयोजक समितिलाई र स्वयंसेवकहरुलाई टिसर्ट उपलब्ध गराएको थियो।