मेरो लागि मेरा वडाबासि सम्पूर्ण नागरिक नै सर्बथोक हुन- वडा अध्यक्ष रिजाल

समाचार

नेपालगंज: नेपालगंज उपमहानगरपालिका का प्रबक्ता एबम वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालले वडा बासी सबै नागरिकहरुको समस्या समाधानमा आफ्नो कार्यकाल खर्चिने बताएका छन नागरिक धार संग वडा अध्यक्ष रिजालले गरेको कुराकानी प्रस्तुत गरेका छौ ।

(क) निर्बाचित जनप्रतिनिधि को रुपमा दोस्रो कार्यकालमा हुनुहुन्छ, तपाई बाहेक अरु सदस्य अर्को पार्टीमा लगाब राख्ने सदस्य हुनुहुन्छ कतिको गार्हो हुदो रैछ काम गर्न?
केहि गार्हो छैन बिशेषत हामी सबैको लक्ष्य एउटा हो। चुनाब आगाडी बिभिन्न राजनितिक दल हरुको प्रतिनिधित्व गरेर जनतामा जाने कुरा एउटा भयो तर जितेर आइसकेपछि हामि सबै जनप्रतिनिधि भयौ तसर्थ पार्टी र दलगत स्वार्थ भन्दा माथि उठेर जानाताका समस्या समाधान गर्ने गरि सबैको एक मत भएको हुदा कतिपनि समस्या छैन ।


(ख) बिगतका अवस्था हेर्दा पनि नेपालगंजका २३ वटा वडा मध्ये १ नम्बर वडा आफ्नो काममा सफल मानिन्छ एबम नीकै जनमुखी र ब्यबहारिक बजेट बिनियोजन गर्नुभएको छ । तर कार्यन्वयन पक्ष कमजोर देखियो नी? कार्यान्वयन पक्ष कमजोर हुनुमा कर्मचारी तन्त्रको असहयोग हो या अन्य कुनै कारण?
होइन कुनै पनि किसिमको प्राबिधिक समस्या छैन । हाम्रो वडामा सबै योजना हरु सतप्रतिशत काम सम्पन्न हुन्छन र समय अगावै सम्पन्न भैरहेका छन । हामीले विभिन्न उपभोक्ता समिति बनाई रहेका छौ चिसो मौसममा कतिपय काम गर्न प्राबिधिक रुपमै पनि उपयुक्त नभएको कारणले मात्र हो हाम्रा सबै योजना समयमै सम्पन्न हुन्छन ।


(ग) चिया चौतारोमा वडा पनि संघ जस्तै आसरमा विकास गर्ने अनि असारमै बगाउने फेरी अर्को बर्ष तेही काम गर्ने हुने भो भन्छन नी ?
जनताले एस्ता बिषयमा कुरा गर्नु एकदमै अपेक्षित कुरा हो । तसर्थ बर्खा अगावै त्यस्ता ठाउ हरु जहाँ माटो पटान गर्नुपर्ने ठाउमा माटो पटान गर्ने ढल सरसफाई गर्ने, सडक निर्माण गर्नुपर्ने ठाउमा सडक निर्माण गर्ने जस्ता सबै योजना हरु बर्खा अगावै सम्पन्न गर्ने गरेको हाम्रो अभ्यास छ । अब आकस्मिक अवस्थामा गर्नुपर्ने कार्यहरु सदैब रहन्छन भने अन्य सामान्य अवस्थामा सबै परियोजना समयमै सम्पन्न हुन्छन यसमा कति संका नगर्न वडाबासि सबैमा आग्रह गर्दछु ।


(घ) दुई कार्यकाल गरि करिब ७ बर्ष वडा अध्यक्ष को रुपमा कार्यभार सम्हाल्दै गर्दा मैले वडामा यो यो काम गरे भनेर एक दुई तिन गरि गन्न सकिने कार्यहरु के के गर्नु भो?
मैले दुई कार्यकाल नेतृत्व गरि रहदा वडा नं १ भौगोलिक रुपमा ठुलो र विकासमा पनि पछाडि परेको थीयो ।बजेट श्रोत सिमितताको कारणले हामीले जनताले अपेक्षा राखे जस्तो नतिजा दिन नीकै चुनौती थीयो तर हाम्रा समस्या लीएर हामि प्रदेश, संघ, नगरपालिका समक्ष धेरै लबिंग गर्यौ हामीलाई संघ, प्रदेश, नगरपालीक सबैले सहयोग गरेरै हाल वडा बासीलाई बिकाश को अनुभूति दिन सक्यौ यधपी केहि काम हरु गर्न बाकि छ हामीले हरेक टोलमा टोल विकास समिति हरु गठन गरेका छौ। हरेक नागरिकले आफ्नो टोल बिकाश समितिमा आफ्ना समस्या राख्न सक्छन टोल बिकाश समितिले ती समस्या हरु वडा समक्ष प्रस्तुत गर्छन र हामि हरेक समस्या समाधानमा कटिबद्ध छौ जनता संग प्रत्यक्ष जोडिने नै हामो प्रमुख लक्ष हो।

(न ) टोल विकास समिति को लागि बजेट बिनियोजन गर्नुभएको ? टोल विकास समिति हरुमा त्यही टोलबासी सदस्य हुने हुदा बजेट किन चाहियो र ?
नीकै महत्वपूर्ण कुरा उठाउनु भयो हामीले टोल विकास समिति लाई बजेट कुनै विकास निर्माण को काम गर्न छुट्याएको होइन जम्मा २५ हजार रुपैया मात्र हामीले एउटा टोल बिकाश समिति लाई छुट्याएका छौ । त्यो टोल विकास समिति को आफ्नो ब्यबस्थापन खर्च हो जस्तै बैठक बस्न, टोल विकास समिति को एउटा सानो अफिस बनाउन र कार्यालय संचालन गर्न, आफ्नो टोल को डाटा संकलन, फोहोर मैला ब्यबस्थापन जस्ता कार्य गर्न मात्र दीएइको हुदा यो कुनै बिकाश बजेट होइन आफ्नो टोल मा भएका समस्या टोलबासी मिलेर समाधान गर्न गरिएको प्रयास हो ।


(च) नेपालगंज मा समग्र ढल निकास को समस्या छ एसलाई ब्यबस्थापन गर्न अगाडी को रणनीति के छ ?
नेपालगंज उपमहानगरपालिका को प्रमुख समस्या ढल निकास नै हो । यो कुनै योजनबद्ध रुपमा बसाइएको बस्ति होइन अहिलेको सबैभन्दा चुनौती भनेकै ढल निकास हो यसको लागि मास्टर प्लान बानाएरै लाग्नु पर्ने देखिन्छ । हामी संग प्रयाप्त नालाहरु छन तर तिनीहरुमा ढल बगीरहेको छैन सबै ढल बगाएर कुनै एकठाउँमा एकत्रित गर्न सके दिर्घकालिन समाधान हुन्थ्यो। जहाँ सम्म १ नम्बर वडा को बिषयमा बेला बेलामा हामीले नालामा जम्मा भएको फोहोर बाहिर निकाल्ने सरसफाई गर्ने जस्ता काम गरिरहेका छौ र पहिला जस्तो पानि पर्यो भने २-३ दिन सम्म पानि जम्ने समस्या अहिले छैन पानि पर्न बिसाएको १-२ घन्टामा सबै पानि नालाकै माध्यम बाट बगेका छन ।


(छ) अइलानी जग्गा र सरकारी जग्गा हरु र मन्दिर का जग्गा हरु धेरै नै छन भन्ने सुनिन्छ । तपाई को कार्यकालमा कति अतिक्रमित भएको सार्बजनिक जग्गा सरकारकै नाममा फिर्ता गराउनु भयो ?
हामीले यहाँ भएका सार्बजनिक जग्गा सम्रक्षणको एउटा नीति नै लिएका छौ । त्यसै अन्तर्गत वडा नं १ मा भएका सम्पूर्ण सार्बजनिक जग्गा हरु पत्ता लगायौ साथै मठ मन्दिर मा भएका जग्गा हरु पनि ब्यबस्थापन समिति भएका तर निस्क्रिय रहेका सबै जग्गा हरुमा तार बार गर्ने काम गर्यौ ।अझै केहि ठाउँ बाकी छ कतिपय ठाउँ हरुमा तार बार संगै युवा लक्षित खेलकुदका लागि प्रयोग गरिरहेका छौ । श्री रामजानकी गोकुलेश्वर महादेव मन्दिर को २६ कट्ठा जग्गा लाई तार बार गरेर एन्फाको बिल्डिंग एबम बास्केटबल, सफ्ट टेनिस , फुटबल ,भलिबल जस्ता खेलकुदका लागि आवस्यक भौतिक पुर्बाधार निर्माण गर्न मिल्ने गरि काम अगाडी बढाइ रहेका छौ। त्यसैगरी सार्बजनिक जग्गा कै रुपमा रहेको वाटरपार्क को छेउमै एउटा जग्गा थीयो जुन अतिक्रमण भएको थीयो त्यो ठाउमा धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरेका छौ । जसमा बिहान ब्याडमिन्टन खेल्न चाहाने का लागि खुला गरिएको छ भने बेलुकामा साना भाइ बहिनि हरुलाई राष्ट्रिय स्तरका प्रशिक्षक द्वारा प्रशिक्षण भइ रहेको छ अहिले पनि २५ जना बालबालिका प्रत्यक्ष लाभ लिइरहेका छन ।


(ज) बाल उद्धान निर्माण गर्नु भो तर संचालनमा आउन सकेको छैन ?
अवस्य पनि प्रबाधिक रुपमै कहाँ नेर समस्या भयो भने निर्माण गरेको ठेकेदार कम्पनीले हामीलाई समयमा हस्तान्तरण नगर्दा संचालनमा आउन नसकेको हो । तर अब आउने एक महिना सम्ममा त्यो संचालनमा आउछ त्यस्तै हामीले अर्को स्वास्थ्य र शारीरिक सन्तुलनका लागि, बालबालिका कुलतमा नफसुन भन्नका लागि करिब ६ कट्ठा जग्गामा साइकिलिंग ट्रयाक निर्माण गर्दै छौ अमेरिका बाट बिशेस यसैका लागि अमेरिकी नागरिक आफै यहाँ आउनु भएको छ जसलाई जिल्ला साइकिलिंग संघ बाँके ले बिशेस पहल गरेको हो । तेसै गरि एन्फा ग्राउण्ड मा खुल्ला जिम संचालन गर्दै छौ अस्ती मात्र १७ वटा जिल्लाका खेलाडी सहभागी भएको तेस्रो खुल्ला राष्ट्रव्यापी व्यायाम प्रतियोगिता गरिसक्यौ मेरो यौटा उद्येश्य के छ भने बिशेषत युवा र बालबालिकालाई खेलकुद, योगा, शारीरिक तन्द्रुस्ती राख्ने एबम वडा नं १ लाई खेलकुद को हबका रुपमा बिकाश गर्ने यसै आर्थिक बर्षमा वाटर पार्क कै छेउमा योगाभबन निर्माणको लागि बजेट बिनियोजन गरेर ठेक्कामा गैसकेको छ स्वस्थ मानसिक अवस्थामा मात्र सकारात्मक क्रियाकलापमा सहभागी हुन सकिने हुँदा मेरो बाकी कार्यकाल स्वस्थ मनस्थिति निर्माण मा किन्द्रित हुनेछु ।
(झ) वडा बाट गरिने सर्जमिनी को काममा यावत समस्या देखाउदै ढिल ढाल गरेको गुनासो छ नी ?
अवस्य पनि अन्य कुनै कुनै ठाउमा त्यस्तो छ होला तर हाम्रो मा त्यस्तो छैन एउटा प्राविधिकले एक दिनमा कति वटा सर्जमिनी गर्न सक्छ र कतिवटा भए भनेर प्रतयक्ष रुपमा हेर्ने गर्छौ । एदी निबेदन दीएकै दिनमा नसके अर्को दिन १२ बजे भित्र वडाबासि सेवाग्राही ले सेवा पाई सक्छन यदि कसैले ढिल ढाल गरेको वा आर्थिक चलखेल गरेमा सीदै मलाई सम्पर्क गर्न सम्पूर्ण सेवाग्राही लाई अनुरोध गर्दछु ।


(ण) रोजगारी सृजनाका लागि आगामी योजना के के छन?
बिशेष त हामीले आत्मनिर्भरता कसरी बन्ने भन्नेमा किन्द्रित छौ । त्यहि अनुरुप सिप अभिबृधि गर्न विभिन्न सिपमुलक तालिम संचालन गरेका छौ ।लक्षित वर्ग कार्यक्रम संचालन गरेका छौ ।आवस्यकता अनुसार तालिम संग संगै केहि आर्थिक अनुदानका कार्यक्रम हरु संचालन गरिरहेका छौ । लोकसेवा पढन चाहाने तर आर्थिक रुपमा बिपन्न हरुका लागि निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने तयारीमा छौ ।

(ट)अन्तमा केहि भन्न चाहानु हुन्छ ?
मैले आगाडी पनि भने बालबालिका र युवा को आगामी भविष्य कसरी उज्जवल बनाउन सकिन्छ भन्ने नै हो ।अरु समग्र क्षेत्र पनि हाम्रो दायीत्व हो नै त्यस संग संगै बैदेशिक रोजगार बाट स्वदेश मै केहि गर्छु भनेर फर्केका युवा हरुका लागि बिशेष कार्यक्रम ल्याउन कटिबद्ध छौ। बालबालिका तथा युवा लाई स्वस्थ मानशिकता को विकास, लक्षित बर्गका लागि सिपमुलक कार्यक्रम जस्ता जनउपयोगी कार्यक्रम ल्याउने प्रमुख लक्ष्य रहेको छ।

तपाईहरु दर्शक एबम पाठक बर्गको सुविधाका लागि आगामी दिनमा प्राबिधिक त्रुटी हुन नदिन बिशेष सचेत रहने छौ। केहि प्राबिधिक समस्याले गर्दा भिडियोमा अस्पस्ट भएका कुरा पढेर बुझिदिन सम्पूर्ण पाठक बर्गमा सबिनय अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *