आठौँ लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको तयारी पूरा

समाचार

नेपालगंज: महिला उद्यमी हरुलाई प्रोत्साहन गर्न हरेक बर्ष जस्तै यस बर्ष पनि आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको महिला उद्यमी सङ्घ नेपाल बाँकेले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासङ्घ नेपालसँगको सहकार्यमा मंगलबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन गर्ने उक्त प्रदर्शनी पुस २४ देखि २८ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित बागेश्वरी मन्दिर परिसरमा संचालन हुनेछ।

करिब ६५ भन्दा बढी स्टल रहने प्रदर्शनी स्थलमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले सञ्चालन गरेको उद्योगबाट उत्पादित कृषि उत्पादन, कपडाहरू, खाद्यान्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरू, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवर्द्धन स्टल लगायतका सामाग्रीहरूका स्टल प्रदर्शनीमा रहनेछन् ।

प्रदर्शनमा आएका स्टलहरू मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *