छ सय २३ ई–रिक्सा मध्ये ९२ अझै नगर प्रहरीको नियन्त्रणमा

समाचार

नेपालगंज: नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्सालाई कारवाहि गर्ने क्रममा नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।नेपालगन्ज नगरमा ई–रिक्साको सङ्ख्या बढ्दै गएकाले व्यवस्थापनमा समस्या देखिए पछि नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाई गर्दै आएको छ। 

गत मङ्सिर १९ गते देखि ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपालगन्ज नगर प्रहरीले ई–रिक्सा चेकजाँच गर्न सुरु गरेको थियो । त्यसयता नियमविपरीत चलिरहेका ६ सय २३ ई–रिक्सालाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।आवश्यक कागजात चेकजाँचमा कडाइ गरेपछि ई–रिक्सा चालकहरूले दर्ता गर्ने, चालक अनुमति पत्र लिने क्रम बढेको भए पनि कतिपय चालक को अझैसम्म आवस्यक कागजपत्र नभएको पाइएको नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाले बताए।  आवश्यक कागजात लिएर आएका ५ सय ३१ वटा रिक्सालाई कुनै पनि जरिवाना नगरी छोडिसकेको सहायक निरीक्षक कनोजियाले बताए । कागजात बिना चलेका ९२ ई–रिक्सालाई नगर प्रहरीले अझ नियन्त्रणमा रहेको र कागजपत्र लिएर आए रिक्सा हस्तान्तरण गरिने उनले बताए । 

बिकाश निर्माणमा चासो नदिएको भन्दै आलोचित भइरहने नगरप्रमुख बिष्ट रिक्शा ब्यबस्थापनमा अब्बल देखिएका छन उनले कार्यविधि बनाएरै ई–रिक्सा ब्यबस्थापन सुरु गरेका थीए। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *