नेपालगञ्ज : हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. तेस्रो वार्षिक साधारण सभा नेपालगञ्ज सेवा केन्द्रको मिति पौष २४ गते सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पाण्डेय को अध्यक्षता, शेयर सदस्य बुद्धि सागर सुवेदी को प्रमुख आतिथ्यता र सचिव अर्जुन ढकालको सञ्चालनमा यसै संस्थाको नेपालगञ्ज सेवा केन्द्रमा सम्पन्न भएको छ ।
सहकारीमा १०८६ शेयर सदस्य रहेका छन्, जसमध्ये पुरुष ६०७ र महिला ४७९ सदस्य रहेका छन् । १०८६ जना व्यक्तिहरुको वृहत संजाल रहेको संस्थाको शेयर पूँजि रु. ४,४९,४५,०००।–, बचत रु. २०,६४८,२९५।– तथा कर्जा रु. ४,८७,००,३००।– रहेको छ ।
तेस्रो साधारणसभाको उपलक्ष्यमा यस संस्थामा आवद्ध शेयर सदस्यहरुको हितलाई मध्यनजर गरि यस संस्था र विभिन्न अस्पताल तथा ल्यावसँग छुट प्रदान गर्ने हेतुले कौशिल्या अस्पताल प्रा.लि. कोहलपुर,भिजन आँखा अस्पताल नेपालगञ्ज
र निदान डायक्नोस्टिक एण्ड हेल्थ केयर प्रा.लि.नेपालगंज संग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
त्यस्तै गरि युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ग्लोबल मोर्टस र यस संस्थाको सहकार्यमा ऋण लगानी सम्बन्धि आपसी समझदारी समेत भएको छ । २०८० असार मसान्तसम्म ५ वटा सदस्य सेवाकेन्द्रहरु र एउटा केन्द्रिय कार्यालयबाट सदस्य हरुमा सेवा प्रबाह गरिरहेको छ।