नेपालगंज: निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिनेछ । आयोगका अनुसार आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।