नेपालगंज: पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ नेकपा एमाले बाँके को आयोजना सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा नेपालगंज २० स्थित राँझामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब २१० जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरमा करिब २१० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ६ जना महिलाको भिआइए टेस्ट पोजेटिभ देखिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा. नीरज भट्टराईले बताए ।
एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य एवम् स्कुल विभाग सचिव घनश्याम कोइराला, पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य तथा सांसद सूर्यप्रसाद ढकाल, दीपा शर्मा, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्यहरू अशोक कर्माचार्य, मिना ढकाल, हलिम शाह, एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्व नेताहरू निरक गुरुङ, नगर अध्यक्ष दतप्रसाद धिताल, स्वास्थ्यकर्मी सङ्घ बाँकेका अध्यक्ष राजन शाहीलगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।