नेपालगंज : नेपालगंज वडा नं १ मा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण कार्य सम्पन्न भएको छ। बाँके जिल्ला साइक्लिङ संघ को पहल स्वीट्जरल्याण्डको भेलोसोलुसन, नेपालगंज उपमहानगरपालिका, नेपालगंज मेडिकल कलेजको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको वडा १ कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साईक्लिङ सङ्घले पम्प ट्रयाक निर्माण गरेको हो ।
निर्माण सम्पन्न भए संगै काममा सहयोग गर्न खटिएका विदेशी नागरिक भेलेन्टिन कोच, बल्दुर मन्डली, मोरिच स्टेयर, क्लाउडिओ कलोरीसहित ५ जनालाई लाई सम्मानसहित विदाइ गरिएको छ ।
स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरेको हो । स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता भई पम्प ट्रयाक निर्माण सुरु भएको थीयो ।
साइकिल पम्प ट्रयाक को बिषयमा वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालले युवा हरुलाई शारीरिक र मानशिक रुपमा तन्दरुस्त राख्न खेल आवस्यक हुने हुदा अरु बिकाश का काम संग संगै आफ्नो वडा लाई खेलकुद हबका रुपमा आफुले देख्न चाहेको नागरिक धार लाई बताए। निर्माण पश्चात रंग रोगन तार बार गरेर सुन्दर र सुरक्षित बनाउने योजना रहेको वडा अध्यक्ष रिजालले बताए ।
साइकिल पम्प ट्रयाक निर्माणमा सहयोग गरेका बिदेशी नागरिक हरुलाई उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र वडा १ का अध्यक्ष प्रमोद रिजालले नेपाली टोपीसहित मायाको चिनो प्रदान गरी सम्मान गरेका थीए ।