गुणस्तर हिन नक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ

समाचार

काठमाडौँ : काठमाडौं उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का,सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्री रहेका छन्।

उनीहरुको साथबाट भिबिन्न ब्राण्डका बोतल, अन्तशुल्क लगाएतका स्टिकर एबम मदिरा बनाउन प्रयोग हुने केमिकल खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभल, गोल्डेन ओकलगायत ब्राण्डका रक्सी बानाऊन प्रयोग हुने नक्कली सामग्री हरु फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *