सुर्खेत: दुई यातायात प्रालिका कर्मचारीबीच सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा झडप भएको छ । बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारी र संयुक्त यातायात व्यवसायी बीच हात हालाहाल भएको हो। दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए ।झड्पमा एकजना यातायात व्यवसायी घाइते भएका छन । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।