नेपालगन्ज: बाँके नेपालगन्ज, खजुरा तथा कोहलपुरमा बसोबास तथा कार्यक्षेत्र भएका पोखरेल दाजुभाइ दिदीबहिनीहरुको भेटघाट, पिकनिक तथा नयाँ कार्यसमिति चयन गरिएको छ ।
बाँके, बैजनाथ गाउपालिका गाभर अवस्थित लायन्स पार्कमा सम्पन्न भेटघाट कार्यक्रमका निवर्तमान अध्यक्ष अछरी पोखरेलको अध्यक्षता, प्रमुख अतिथि बाँके जिल्ला प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल एबम अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय रत्न खत्री लगाएतको उपस्थिति मा विगतको कार्यक्रम विवेचना प्रमुख अतथि र अतिथि द्वय लाई सम्मान नयाँ कार्यसमिति गठन र अनुमोदन गरिएको थियोे ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि श्रवण कुमार पोखरेल ले बन्धु बान्धव बीच बीच एकता र एक अर्कालाई पर्दा सहयाेग गर्नु नै यस्ता समाजको मुख्य उदेश्य हुनुपर्ने बताउनु भयो।
उल्लासपुर्ण सहभागितामा सम्पन्न सो भेलाले नयाँ सात सदस्यीय कार्यसमिति पुनर्गठन गर्दै अध्यक्ष मा बिष्णु प्रसाद पोखरेल, उपाध्यक्ष हरिमाया पोखरेल, सचिबमा शरद पोखरेल, कोषाध्यक्ष ,सुषमा सुवेदी पोखरेल, सदस्य हरुमा रूद्रमणी पोखरेल, विष्णु पोखरेल, सुरेश पोखरेललाई नियुक्त गरेको छ ।
समाजलाई समुचित सल्लाह दिन श्रवण कुमार पोखरेल, ईश्वर पोखरेल, डा. कुमार पोखरेल, डा. लक्ष्मण पोखरेल, अछरी पोखरेललाई सल्लाहकारमा र भरत पोखरेल, शरद पोखरेल, दिपकराज पखरेल, लालमणी पोखरेल, विष्णु पोखरेललाई वंशावली सुचना संकलनको जिम्मेवारी दिएको छ ।
नयाँ जिम्मेवारी पाए लगत्तै कार्यसमिति अध्यक्ष विष्णु प्रसाद पोखरेलले माघ महिनामा जाडो छल्दै कार्यक्रम सम्पन्न गर्न कार्यक्रममा सहभागी हुने सबै पोखरेल दिदीबहिनी, दाजुभाइ, शुभेच्छुक हरुलाई धन्यवाद ज्ञापन गर्दै र सदाझै हातेमालो र सहयोगको अपेक्षा गरेको बताउनुभयो।