काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।
आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन्।
सवारी चालक अनुमति पत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलाई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराए।
प्रधानमन्त्रीले भने, ‘अहिलेको समयमा सूचना–प्रविधि महत्त्वपूर्ण छ। हामीले इन्टिग्रिटेड प्रविधिमा केन्द्रित भएर परिणाम दिनसक्नुपर्छ। त्यसका लागि राज्यका संयन्त्रबिच समन्वय जरुरी छ।’
नागरिक बाट