नेपालगंज: भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको आज बिशेष पुजा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा सहित भब्य समारोह गरेका छन। त्यसै अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ।
अयोध्या मा भगवान राम को पुजा हुदै गर्दा नेपालका सबै जसो मन्दिर हरुमा मर्यादा पुरुषोत्तम प्रभु श्री राम नाम अंकित थरिथरीका कलात्मक तस्बिर बनाइएका छन्। राम भजन किर्तन गरिएको छ। मन्दिर परिसर र वरपर फुलअबीर प्रयोग गरी थरि थरिका भगवान स्वरूप बनाएइको छ ।
गाउँसहरका विभिन्न चोक चौराहामा श्रद्धालु भक्तजनहरूले राम रथ बनाई बाजागाजाका साथ रामनामको नारा घन्काउँदै बजार प्रदक्षिणा गरिरहेका छन्। सयौँको समूहमा रहेका प्रदक्षिणा गर्नेहरूमा साधु सन्तका अतिरिक्त अधिकांश किशोर किशोरी र युवा देखिन्छन्।जनकपुरधाम, नेपालगंज र अन्य विभिन्न स्थानमा रामपताका फहराइएको छ भने घर आँगनमा दीपावली गरिएको छ।
अयोध्याको राम मन्दिर उद्घाटनका दिन जनकपुरधाममा मेला नै लागेको छ। जानकी र राम मन्दिरलगायतका ठाउँमा अन्य दिनको तुलनामा निकै बढी श्रद्धालु भक्तजनहरू ओइरिएका छन्।राम मन्दिर उद्घाटन भएको दिन ऐतिहासिक महत्वको भएकाले जनकपुरधाममा विशेष किसिमका उत्सव मनाइएको छ।