सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइन बाटै दर्ता

मल्टिमिडिया

काठमाडौँ : सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ । प्रयोगकर्ताको कुनै गुनासो भएमा मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझैhttps://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *