राष्ट्रिय सभा निर्वाचन : एमाले १ र सत्ता गठबन्धन १८ स्थानमा विजयी

समाचार

काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सकियो सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ। सातै प्रदेशमा भएको निर्बाचनमा कोशी प्रदेश को एक सीटमा मात्रै एमालेले बिजय प्राप्त गरेको हो।  कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भएका हुन। 

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना,विष्णुकुमारी पुडासैनी,जितजंग बस्नेत,पदमबहादुर परियार,किरणबाबु श्रेष्ठ,विष्णुकुमारी सापकोटा,कृष्णबहादुर रोकाया, बलदेव बोहरा, नारायणदत्त भट्ट, जनता समाजवादी पार्टी बाट पूजा चौधरी एकीकृत समाजवादी बाट सावित्री मल्ल, घनश्याम रिजाल,सावित्री मल्ल, नेकपा माओवादी केन्द्र बाट श्रीकृष्ण अधिकारी,मनरुपा शर्मा,झक्कु सुवेदी,विष्णुबहादुर विश्वकर्मा,रेणु चन्द बिजयी भएका छन् । 

राष्ट्रिय सभामा जम्मा १९ सिटका लागि आज मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट र जनता समाजवादी पार्टी ले १ सिट र नेकपा एमालेले १ सिट जितेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *