प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

समाचार

नेपालगन्जमा: राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । २५० जना खेलाडी सहभागी भएको प्रतियोगिता नेपालगन्ज रङ्गशालामा माघ ११ गते देखिसुरु भएको हो । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेको प्रतियोगिता माघ १३ गतेसम्म नेपालगन्जस्थित कर्भड हलमा हुनेछ ।

उदघाटन बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष संजय थापाको अध्यक्षतामा नेपालगंज उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजाल ,बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह लगायतका अतिथिहरूको उपस्थितिमा भएको थीयो। 

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, भेट्रान-४५ वर्षभन्दा माथि) र मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट समावेश गरिएको छ।प्रतियोगितामा पुरुष एकल विधाको विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समानहरुमा १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष डबल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समान १५ हजार, महिला एकल तर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०–१० हजार,पुरुष डबल्स ‘बी’ लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०–१० हजार, भेट्रान्स तर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०–१० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *