राप्ती कृषि सहकारी संस्था लाई दुई लाख जरिवाना-अनुदान को मल दुरुपयोग गरेको आरोप

समाचार

नेपालगन्ज: अनुदानमा किसानहरुलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ।बिहीबार जिल्ला प्रशासन कार्यालयका सप्रजिअ लाल बहादर गुरुङको नेतृत्वमा बाणिज्य , कृषि ज्ञान केन्द्र , कृषि सामगृ कम्पनिका प्रमुख समेतको सहभागितामा खटी गएको अनुगमन टोलिले नरैनापुर स्थित कृषि सहकारी ” राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर-५ मटैया”को आकस्मिक अनुगमन गर्दा दुरुपयोग भएको पाइएको हो ।
नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनिबाट माघ-९ गते बुझिलिएको २०० बोरा (प्रति बोरा ५० kg ) नेपाल सरकारबाट अनुदान प्राप्त अनुदानित युरिया मल मध्ये सहकारिको गोदाममा ६४ बोरा युरिया मल फेला परेको , ६ बोरा मल स्थानिय किसानलाई बिक्री गरेको भरपाइ पेश भएको छ भने अझ बांकी हुनुपर्ने १३० बोरा अनुदानित युरिया मल बाटो बाटै गायव भएको स्थिती अनुगमनको क्रममा फेला परेको छ ।
उक्त सहकारीले प्रचलित कानुन बिपरितको कार्य गरेको हुनाले उपभोता हित संरक्षण ऎन बमोजिम रु २ लाख जरिवाना गरि गोदाममा रहेको ६४ बोरा अनुदानित मल हाललाई शिल गरि गायव भएको १३० बोरा मल वारेमा ७ दिन भित्र स्पस्टिकरण सहित उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन बाँके ले जनाएको छ ।
नेपाल सरकारद्वारा अनुदानित मल तोकिएको सहकारी मार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिस्चित गर्नका लागि प्रभावकारी रुपमा अनुगमन गर्न सवै स्थानिय तहहरुलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल आह्वान गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *