क्याम्पस प्रशासनलाई स्वबियुको १५ बुदे माग पुरा गर्न ७२ घन्टे अल्टिमेटम

शिक्षा

नेपालगंज: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न १५ बुदे माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

क्याम्पस प्रमुख लालमणि आचार्यसमक्ष क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बाेर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने, चमेना गृह व्यबस्थित हुनुपर्ने, ल्याब व्यबस्थित हुनुपर्ने, कक्षाकोठामा बत्ती, पङ्खा, प्रोजेक्टर, डस्टबिन तथा ह्वाईट बाेर्ड व्यवस्था हुनुपर्ने,आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरु (बिआईटी, बिसीए, बिएससी सिएसआईटी, बिबिए र बिपिए)का विद्यार्थीहरुसँग सम्बन्धित क्रियाकलापहरु स्ववियुको मातहतमा हुनुपर्ने, सम्पूर्ण सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, कर्मचारी त्रिवि नियमानुसार निर्धारित समय अवधिसम्म आफ्नो कार्यकक्षमा बस्नुपर्ने, सेमेस्टर कार्यक्रमको आयव्यय सार्वजनिक गर्नुपर्ने र सम्पूर्ण विद्यार्थीको परिचयपत्र समान किसिमको गराउनुपर्ने भन्दै १५ बुँदे माग राखी ७२ घण्टे अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको छ।

क्याम्पसमा नीकै बेथिति बढेको हुदा बिधमान समस्या छिटो भन्दा छिटो समाधान गरिनुपर्ने, केहि गरि वेवास्ता गरे थप सशक्त र चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने स्ववियु सभापति माधब खत्रीले जानकारी दिए। स्ववियुले राखेका मागका बारेमा आफुहरु सकारात्मक रहेको र क्याम्पस प्रशासन बिधार्थी हरु संगै हातेमालो गरेर काम गर्ने क्याम्पस प्रमुख लालमणि आचार्यले जानकारी दिए।

महेन्द्र बहुमुखी क्याम्पस त्रिभुवन बिश्वबिधालय अन्तर्गत पश्चिम नेपालकै जेठो आंगिक क्याम्पस हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *