तात्नुपर्ने सिहदरबार सिथिल भो- प्रधानमन्त्री प्रचण्ड

समाचार

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा प्रशासनिक काम एबम निर्णय गर्नमा गरिने ढीलाई ले महत्वपूर्ण काम गर्न नसकिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन।

सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो होइन।’

राजनीतिक भन्दापनि प्रशासनिक कार्य सम्पादन मै ठुला कमजोरी देखिएका छन यसलाई कसरि हामि सबै मिलेर चिर्ने भन्ने कुरामा एकअर्कालाई हातमा हात र काधमा काध मिलाई साथ् दिनुपर्नेमा जोड दीए। मुख्यगरी कर्मचारी निर्णय गर्नमा हिच्किचाउनु हुदैन यसले देशको आर्थिक बिकासमा ठुलो धक्का लाग्ने हुदा प्रशासनिक काम चुस्त गराउन निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *