नेपालगंज: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा सञ्चालनमा रहेको जे.एस. इङलिस बोडिङ्ग स्कुलले तेर्हौ वाषिर्कोत्सव तथा अभिभावक दिवस सनिबार भव्य रुपमा सम्पन्न गरेको छ।
विद्यालयका सह प्राचार्य महेन्द्र सेढाई र शिक्षिका सिर्जना काफ्लेले सञ्चालन गरेको उक्त वाषिर्कोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा जानकी गाउँ पालिका शिक्षा प्रमुख कृष्णा कुमारी भण्डारी, विशिष्ट अतिथिमा जानकी गाउँपालिकाका सामाजिक शिक्षा संयोजक राम अचल धोवी, अतिथिहरुमा पाल्पाली समाज बाँकेका अध्यक्ष माधब प्रसाद पोखरेल, समाजसेवी के.पी. घिमिरे , मन केसी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति कृष्णा कुमारी भण्डारी ले जे एस स्कुल छोटो समयमै गाउँपालिका मै उत्कृष्ट बन्न सफल भएकोमा खुसि ब्यक्त गर्दै बिधालय को र अध्यनरत विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गर्नुभएको थीयो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मुना हमालले अभिभावकहरुको साथ र सहयोग, शिक्षक शिक्षिकाको अथक प्रयासका कारण छोटो समयमा यो ठाउँमा पुग्न सफल रहेको र आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले कक्षा १० मा एस ई ई परीक्षा दिने विद्यार्थीहरुलाई लगनशील भएर उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी भएको बताउनुभयो ।
विद्यालयका सञ्चालक समितिका सदस्य तथा निर्वतमान व्यवस्थापन समिति अध्यक्ष दामोदर घिमिरेले विद्यालयका आगामी लक्ष हरु बताउदै निकट भबिष्य मै पूर्ण एसी सहित को आधुनिक भौतिक संरचना, प्रबिधिमैत्री एबम ब्यबहारिक र गुणस्तरीय सिक्षा प्रदान गर्न आफुहरु पूर्ण पर्तिबद्ध रहेको हुदा अभिभावकहरुले शिक्षाको कत्ति चिन्ता नगरी निर्धक्क आफ्ना बालबालिकालाई भर्ना गराउन अनुरोध गर्नुभयो ।
१००० बढी विद्यार्थी तथा अभिभावक उपस्थित रहेको कार्यक्रममा विद्यार्थीहरुले धेरै प्रकारका सास्कृतिक झाकीहरु प्रदर्शन गरेका थीए। प्रमुख अतिथि भण्डारी, शिक्षा समिति संयोजक राम अचल धोवी, पत्रकार तथा समाजसेवी केपी घिमिरे, समाजसेवी माधवप्रसाद पोखरेल, अतिथि जीत बहादुर बर्मालाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा गत वर्षको नतिजामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरु, अनुशासन, लगनशीलता रहेका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा प्रमाणपत्र वितरण गरिएको थीयो ।