नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको समूह, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।
भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी अस्पतालमा पुगेर कोणसभा गरिएको थीयो ।
उक्त प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवन रायमाझी, मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, नेफ्रोलोजिष्ट डा. सौरभ हमाल, नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, चिकित्सक, नर्सिङ स्टाफ, विभिन्न विद्यालयका विद्यार्थीहरु लगायतको सहभागिता थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा पनि चिकित्सकहरूले विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिएको मृगौला रोग विशेषज्ञ डा. पारश श्रेष्ठले बताए ।