भ्रष्टाचार ले गन्हाएको काँग्रेस अरुलाई नैतिकता सीकाउदा- लाजै लजायो

सम्पादकीय

नेपालगंज: नेपालको संसदमा सबैभन्दा ठुलो पार्टी नेपालि काँग्रेस सत्ता बाहिर बस्नुपर्दाको पिडा संसद अवरुद्ध गरेर पोख्दै छन। हुनत नेपालका नेताहरु कसैलाई पनि लाज सरम र जवाफदेहिता भन्ने छदै छैन तर आज काँग्रेसले संसदमा जे गर्यो त्यो सायद आफु सत्तामा भएको भए गर्थ्यो त ? काँग्रेसका देवर बाबुहरुले आफ्नै सन्तानको मुख हेर्दै आँखामा आँखा जुदाएर हेर्न र कुरा गर्न सक्लान ? यी काँग्रेसी हरुलाई आज जनताले धिक्कार्दै छन।

आफु सरकारमा हुदा आफ्नै मन्त्रिमण्डलका मन्त्रीहरु झण्डा हल्लाउदै अख्तियारमा बयान दिन गएको यी हुतिहारा ले देखेनन। भाउजु हरुले करोडौ करोड डिल गरेको अडियो बाहिर आएको यी नैतिकवान देवरका खलकले देखेनन, सहकारी र लघुवित्त पिडित आज भएका हुन् ? आफुहरु सरकारमा हुदा यो नैतिकताको मादल कहाँ थीयो ? सत्ता स्वार्थका लागि रबि लामिछानेलाइ प्रधानमन्त्री अफर गर्दा नैतिकता को भारि बोकेको प्रदिप पौडेल, गगन थापा र बिश्व प्रकाश हरु कुन कहाँ थीए ? होसमै थीए की कोमामा?

हिजो आफु सत्तामा हुदा के देशमा सबै ठिक थीयो ? सहकारी, बैंक, लगुबित्तका समस्या थिएनन ? काँग्रेस सरकारमा हुदा होइन बालकुमारीमा दुइ निर्दोष युवा मारीएको ? नेपाली नागरिक लाइ नक्कली बनाई बेचिएको, चुनाबको टिकटका लागि ५ करोड मागिएको, बालुवाटार जग्गा कपल्कै खाएको, क्विन्टलका क्विन्टल सुन तस्करी गरेको, तस्करीमा दुइ भाउजु हरुको नाम आउदा चुइक्क बोल्न त के सास फेर्न पनि नसकेको अनि काँग्रेस सत्तामा हुदा फौजदारी मुद्दमा जन्मकैद पाएका अपराधि हरुलाई आम माफी दीएको त्यो बेला यी काँग्रेसी को नैतिकता कहाँ थीयो? सक्छौ भने मोहन बस्नेत, बालकृष्ण खांड , आरजु र मंजु भाउजु हरुलाई नैतिकताको पाठ सिकाउनु ।

सत्ता छोडेको २ दिनमा नैतिकता को रोइलो काँग्रेस अब बि.पी को त्यो आदर्श र प्रजातान्त्रिक मूल्य मान्यतामा रहन सकेन । जनताले अवस्य मूल्यांकन गर्नेछन यस्तै गरे आगामी निर्बाचनमा नेपालमा काँग्रेस भन्ने पार्टी पनि थीयो र भन्न पर्ने अवस्था नआउला भन्न सकिदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *