न्यु अल्फा मल्टिपल एकेडेमी- एस इ इ पश्चात एकपटक जानैपर्ने ठाँउ

शिक्षा

नेपालगंज: न्यु अल्फा मल्टिपल एकेडेमी नेपालगन्जका लागी परिचित नाम हो । बिपी चोक नर्सिंग होम सामुन्ने रहेको यो एकेडेमीले बिगतका केहि बर्ष देखिनै स्टाफ नर्स, फार्मेषी, एच ए, ओभरसीयर , रेडीयोग्राफी, CTEVT, माध्यामिक शिक्षा अन्तर्गत साइन्स बिषयमा तयारी कक्षाहरु सन्चालन गर्दै आइरहेको छ।

एस ई ई परिक्षा पश्चात बिद्धार्थी हरुको पठनपाठनमा थप रुची बढाउन र पूर्ण एबम आंशिक छात्रवृत्ति प्राप्त गर्न यस्ता तयारी कक्षाहरु नीकै प्रभावकारी मानिन्छन। उज्वल भबिष्यको खोजीमा रहेका बिधार्थी हरुको लागि आफुले रोजेको बिषयमा थप ज्ञान हासिलगर्न सक्ने हुदा हिजो आज तयारी कक्षाको महत्व बढेको छ।

न्यु अल्फा मल्टिपल एकेडेमीले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि स्टाफ नर्स, फार्मेषी, एच ए, ओभरसीयर , रेडीयोग्राफी, CTEVT, माध्यामिक शिक्षा अन्तर्गत साइन्स बिषयमा तयारी कक्षाहरु सन्चालन गर्ने भएको छ।

तयारी कक्षा संचालन गर्ने ठाँउ त धेरै छन न्यु अल्फानै किन ? भन्ने हाम्रो प्रश्नमा संचालक खुमलाल शर्माले भन्नुभयो ” बिशेषत कक्षा दस सम्म सबै बिद्धार्थीले सबै बिषयमा थोरै धेरै पढेकै हुन्छन तर एस इ इ पश्चात नितान्त आफुले रोजेको बिषयमा अध्यन गर्न पाइने हुदा त्यो बिषयमा थप बुझ्ने अवसर प्राप्त हुन्छ, जस्को फलस्वरुप पूर्ण र आंशिक छात्रवृत्ति का परिक्षा सहज हुन्छन, हामि बिधार्थीको सिकाइलाइ थप निखार्ने र छनोट परिक्षा भनौ वा प्रवेश परिक्षा बिधार्थीको लागि सहज बानाउँन प्रतिबद्द छौ। तपाईं संचारकर्मी हरुले रेकर्ड हेर्दापनि हुन्छ न्यु अल्फा मल्टिपल एकेडेमीमा तयारी कक्षामा सहभागी भएका धेरै बिधार्थीहरु टेक्निकल र माध्यामिक तहका धेरै विधामा पूर्ण एबम आंशिक छात्रवृत्तिमा अध्ययन गरिरहेका छन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *