बाँके अटोमोबाइल्स एसोसिएशन द्वारा भित्तेपात्रो बिमोचन तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

समाचार

नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएशन बाँकेले नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो बिमोचन तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जानकी गाउँपालिका -६, गनापुरमा रहेको नमस्ते रिसोर्टमा एसोसिएशनका अध्यक्ष नरेन्द्र बहादुर ओलीको अध्यक्षता , प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष छाब्बन खाँ, विशिष्ट अथिति नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, एसोसिएशनका कार्यसमिति सदस्य हरु, बिभिन्न इन्सुरेन्स कम्पनीका प्रतिनिधिहरु एबम अटोमोबाइल ब्यबसायी हरुको उपस्थती रहेको कार्यक्रम संस्थाका महासचिव जगदीश भट्ट को संचालनमा सम्पन्न भएको हो।

भित्तेपात्रो बिमोचन पहिले अतिथि तथा ब्यबसायी लाइ कौसिल्या अस्पताल प्रा ली द्वारा निशुल्क आँखा जाच तथा परामर्श सेवा प्रदान गरिएको थीयो ।

एसोसिएशनका अध्यक्ष, विशिष्ट अथिति नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष एबम उपस्थित पदाधिकारी हरुले संयुक्तरुपमा भित्तेपात्रो बिमोचन गरेका थीए। बिमोचन पश्चात बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले ब्यबसायी मारमा परेको कुरा कसैले नकार्न नसकिने तथा आफु निर्बाचित भए पश्चात पटक-पटक मन्त्रि तथा प्रधानमन्त्री हरुलाई ब्यबसायीका माग पुरा गर्न ज्ञापनपत्र बुजाइ रहेको र सम्बन्धित निकाय मौन बसे एकैपटक आधिबेहरी आउन सक्ने हुदा बेलैमा सजग हुन आग्रह गरेका छन ।

कार्यक्रम समापनमा बोल्दै अध्यक्ष नरेन्द्र बहादुर ओलीले बाँकेबाट ब्यबसायीक आन्दोलनको सुरुवात भएपनि अपेक्षाकृत नतिजा प्राप्त नभएको बताए । ब्यबसायी आफैले तस्करी गर्ने तर बाहिर भन्सारलाइ गालिगर्ने प्रवृति भएको तर बास्तबमा तस्कर ब्यबसायी नै भएको भन्दै आक्रोश पोखे। ब्यबसायी राजनीतिक झोले भएसम्म अहिलेको जटिल आर्थिक अवस्थामा कुनै सूधार नहुनेमा ठोकुवा गरेका छन । उद्योग बाणिज्य संघलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै आन्दोलनमा फ्रन्ट लाइनमा रहन आफुहरु तयार रहेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *