अमेरिकी डिभी चिठ्ठा २०२५ को नतिजा सार्वजनिक

अन्तराष्ट्रिय

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो।

डिभी परे/नपरेको बारे dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *