काठमाडौँ जेठ ६ गते। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा दलहरूबीच सहमति हुन सकेको छैन ।कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको हो ।
कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने अडान राखेका थीए । कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन गरिएको कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।