कैलास सिरोहिया लाइ तेस्रोपटक म्याद थपका लागि अदालत लगीदै

समाचार

जनकपुर जेठ १४ गते। नागरिकता दुरुपयोगको अभियोग लागेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।

स्वास्थ्यमा समस्या देखिएको भनि गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका उनि प्रहरीको निगरानीमा अहिले सोही अस्पतालमा छन।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *