बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी

समाचार

काठमाडौँ जेठ १४ गते: संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरु नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री जीवन परियार,नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु लाइ सहभागी गराई गहन छलफल गरिरहेका छन ।

जेठ १५ गते बजेट पेसगर्नुपर्ने संबैधानीक ब्यबस्था रहेको हुदा आजै सहमति गर्नुपर्ने नेता वाग्लेले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *