नेपालगंज जेठ १६ गते । गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरे लगतै आज देशभर मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ ।
गणतन्त्र दिवसका अवसरमा गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरी हरुलाई महिनावारी भएको अवस्थामा सडकमा ड्युटी गर्न नपर्ने र मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थीए ।