नेपालगंज जेठ १८ गते । नेपालगंज हिजो आज भोग्अनुपरेको नियमित विद्युतको समस्या समाधानका लागि सर्वपक्षीय संयन्त्र गठन गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बिहीबारउद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको अनियमित विद्युत समस्या र समाधान विषयक वृहत् अन्तरक्रिया तथा सर्वपक्षीय छलफल कार्यक्रम मार्फत यस्तो संयन्त्र गठन गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, नेपालगन्ज उपमहानगरपालिका प्रमुख/उपप्रमुख, जिल्लास्थित राजनैतिक दलका प्रतिनिधि, बाँकेका प्रजिअ, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उद्योगी व्यवसायी, लगायतका सरोकारवाला हरुको उपस्थिति रहेको थियो ।
उपस्थित बक्ताहरुले नेपालगंजको ४४/४५ डिग्रीको गर्मीमा समेत विद्युत प्राधिकरणले चरम लापरबाही गरी कुनै जानकारी बिना बत्ति काट्ने गरेको एबम सधै गर्मीयाममा यसै प्रकारको समस्या रहेको भन्दै नीकै आक्रोश पोखेका थीए। त्यसको जवाफमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख ई.जगन्नाथ लामिछानेले सबै समस्याको समाधान आफ्नो हातमा नरहेको बताएका थीए । उनले जतिपनि समस्या देखिएका छन् ती समस्याको प्रमुख कारण भनेको यसक्षेत्रमा पावर हाउस नहुनु नै भएको जिकिर गरे । बुटवलदेखि पश्चिम र सुदूरपश्चिम पूर्व बिच भागमा कहीँ कतै पावर हाउस नभएका कारण समस्या खेप्नु परेको उनको भनाइ थियो । उनले यसक्षेत्रमा कम्तीमा पनि २०० मेगावाट वा सो भन्दा माथिको पावर हाउस नबन्दासम्म यो समस्या दिर्घकालीनरुपले समाधान नहुने भन्दै नीति निर्माणकर्तासँग आवश्यक पहल गर्न यस क्षेत्रका सबै सरोकारवालालाई आनुरोध गरेका छन ।
अन्तरक्रिया कार्यक्रमबाट अनियमित विद्युत समस्या समाधानका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा समिति गठन गरिएको छ । गठित समितिमा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अब्दुल वाहिद मन्सुरी, जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल वार एसोसिएसनका अध्यक्ष, पत्रकार महासङ्घका अध्यक्ष, उपभोक्ता मञ्च, पूर्वअध्यक्ष नन्दलाल वैश्य लगाएतका रहेका छन ।