नेपालगंज जेठ ३२ गते। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। राप्तीसोनारी गाउँपालिका ८ का ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको हो ।
कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे१०प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
मृतकको शव अहिले सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध बनाएका छन् ।