महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला -मेयर बालेन

समाचार

काठमाडौँ असार गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पुराना दलप्रति नीकै आक्रोशित बनेका छन । बिशेष गरी न्युरोडमा फुटपाथ निर्माणको कार्यलाई २२ नंबर वडा अध्यक्षद्वारा बिरोध हुनु र संघिय सरकार त्यो मामलामा छिट्टो प्रवेश गर्नुले मेयर बालेन आक्रोशित बन्न पुगेका हुन ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बालेन भन्छन “३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *