बुधबारको हावाहुरीले नेपालगंज आसपास क्षेत्रमा विद्युत् सेवा अवरुद्ध

समाचार

नेपालगंज असार ६ गते । बुधबार राति आएको हावाहुरीका कारण नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ ।हावाहुरीका कारण कैयौँ स्थानमा बिजुलीका पोलहरू ढलेको र दर्जनौँ स्थानमा तारहरू चुँडिएका कारण नेपालगन्जका केही स्थानमा विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

“गए राति पौने दश बजेको समयमा नेपालगन्जमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा  बिजुलीका धेरै पोल ढलेका छन्, दर्जनौँ तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ ।

नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक जगन्नाथ लामिछानेलेका अनुसार कोहलपुर–नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा क्षेत्रमा रहेको सुकेको रुखको हाँगा भाँचिएर तारमा खस्दा समस्या उत्पन्न भएको हो । अहिले रुखका हाँगाहरूलाई टुक्रा टुक्रा पारेर काट्ने काम भइरहेको छ । करिब २५ वटा पोल ढलेका छन । “यकिन तथ्याङ्क अझै प्राप्त भइसकेको छैन, करिब २५ पोल भाँचिएको अनुमान छ, भाँचिएका पोलहरू बदल्ने र तार विस्तार गर्ने काम अहिले भइरहेको छ । केही समय अघि पनि हावाहुरीका कारण यहाँका करिब दुई सय पोलहरू ढल्दा क्षति भई विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *