नेपालगंज असार ७। बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा चार स्थानीय तहको आर्थिक वर्ष २०७७-०७८ मा आठ उजुरी परेकामा आव २०८०-०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए।
वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । आप्रवासी स्रोत केन्द्रबाट एक वर्षमा १० हजार सात सय ३६ जना र कार्यक्रम सञ्चालन भएको चार वर्षमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएका छन् ।