माओवादी केन्द्रको बृहत वडा सम्मेलन सम्पन्न

समाचार

नेपालगंज असार ८ गते। नेकपा माओवादी केन्द्र नेपालगंज उपमहानगरपालिका वडा नं १ कमिटिको वडा सम्मेलन सम्पन्न भएको छ।

नेपालगंज उपमहानगरपालिका वडा नं १ स्थित जेष्ठनागरिक धर्मशाला परिसरमा वडा नं १ का पार्टी अध्यक्ष लाल सिंह भण्डारीको अध्यक्षता, प्रमुख अथिति अक्कल बहादुर बम, अथितिमा टंक बहादुर धामी, विष्णु पोख्रेल, रतन शाही, आशामाया बजगाईं, मन्दिरा पाण्डे, प्रेम बहादुर शाह, लक्ष्मण पन्थी, रोशन केशीको आथित्यता एबम मर्मजंग बमको संचालनमा भेलाले ३१ सदस्यीय नयाँ वडा कमिटि गठन गरेको छ।

भेलालाइ सम्बोधन गर्दै बोल्ने वक्ताहरुले माओवादीले गरेको त्याग र बलिदान बाट आजको परिबर्तन सम्भब भएको तर नयाँ पुस्तालाई र जन तहमा यी उपलब्धिको बारेमा बुझाउन नसक्दा आज पार्टी सानो आकारको हुन पुगेकोमा चिन्ता ब्यक्त गरेका छन। आगामी दिनमा पार्टीका समग्र राम्रा कामको व्यापक प्रचार गरी नयाँ पुस्तालाई संघर्ष बाट प्राप्त यी परिबर्तनको रक्षा गर्नका निमित्त एकजुट हुनुपर्नेमा जोड दिएका छन।

नयाँ वडा कमिटीमा लाल सिंह भण्डारी अध्यक्ष, लक्ष्मण पन्थी उपाध्यक्ष, रोशन केसी सचिब , श्याम कुमारी पाइजा कोषाध्यक्ष, पदम बिक सह सचिब लगाएत ३१ सदस्यीय कमिटि गठन भएको छ। नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि अक्कल बहादुर बमले पार्टीको मुख्य भूमिका रहने वडा कमिटी आउने दिनहरुमा शसक्त रुपमा सक्रिय रही आम जनसमुदायको समस्या र आवस्यकताका लागि के गर्नुपर्छ पार्टी पंक्ति र स्थानीय तहसँग समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *