राप्तीले भत्काएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि बनेन

समाचार

नेपालगंज असार ८ गते।  बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन। बर्खायाम सुरु भइसकेको छ तर तटबन्ध निर्माण नहुँदा सो क्षेत्रमा राप्ती नदीको बाढी गाउँमा पस्ने त्रास बढेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जनप्रतिनिधि र अन्य सुरक्षा प्रमुखको टोलीले सनिबारभत्किएको तटबन्धको स्थलगत निरीक्षण गरेको हो।

निरीक्षण पश्चात बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजालले एक वर्ष अघि भत्किएको तटबन्ध अझै निर्माण र मरम्मत सम्भार हुन नसक्नु दुखद भएको बताए । रिजालले छिट्टै तटबन्ध निर्माण नगरे बाढीले सो क्षेत्रमा ठुला जनधनको क्षति गर्न सक्ने हुँदा सो निर्माणमा सहयोग गर्न सम्बन्धित सबैसँग आग्रह गरेका छन ।

तटबन्द निरीक्षणमा  नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह,शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिमल डाँगी, नेपाली सेनाका कर्णेल रविन श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक ओम खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण डाँगी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *