कैलाली असार २१ गते। कैलालीको भजनी नगरपालिकास्थित कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ ।
भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिएका छन् । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले बताए । चौधरीले भने, ‘वडा नम्बर १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छ ।’
नगरपालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।’ हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछन् । बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।
कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा नगरपालिका नगरपालिका-११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको हो । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको थियो ।