आगामी ३ दिनसम्म भारी बर्षाको संभावना

समाचार

नेपालगन्ज असार २१ गते।देशैभरि आज शुक्रबारदेखि आगामी तीन दिनसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सावधान रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

बिहिबार तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आज शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागले लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वका कतिपय स्थानमा भारी बर्षाको चेतावनी दिदै विपदजन्य घटना हुन सक्ने क्षेत्र मध्येको उच्च जोखिममा राखेको छ । त्यसो त नेपालमा मनसुन प्रवेश गरेको करीव एक महिना भएको छ । यो अवधिमा मनसुनजन्य विपदका घटनामा परि ४६ जनाले ज्यान गुमाएको तथ्याकं छ । भने यो अवधिमा ८ करोड २० लाख बराबरको आर्थिक क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । यसैगरि यो अवधिमा ४०० वटा विपदजन्य घटनामा परि २०० वढी पशु चौपाया मरेका छन भने ४६ वटा भौतिक संरचना ध्वस्त भएको जल तथा मौसम पुर्नानुमान महाशाखाले जनाएको छ ।

मौसमविदहरूका अनुसार आगामी दिनमा मनसुनजन्य गतिबिधी थप सक्रिय हुने अवस्था रहेकाले आगामी दिनमा थप बर्षा हुने र क्षतिका घटना बढन सक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । मनसुनजन्य गतिविधी आगामी असोजसम्म नै जारी रहने भएकाले सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *