राप्ती नदीको सतहले खतराको चिन्ह नाघ्यो

समाचार

नेपालगंज असार २२ गते। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ । बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले खतराको चिन्ह पार गरेको हो । शनिबार बिहान १०ः३० बजे गरिएको मापन अनुसार पानीको ५.७५ मिटरभन्दा माथी पुगेको छ ।

नदीको जल सतह अझै बढ्दो क्रममा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । राप्तीमा पानीको सतह बढेपछि सिक्टा सिचाई आयोजनाका ११ वटा ढोका खोलिएको उनले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *