पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखिने

समाचार

पोखरा : सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले आज (कात्तिक २० गते) उनलाई तिहारको विदासहित १० दिन म्याद थप गरेको हो । जसमा उनी यसअघि नै ५ दिन हिरासतमा बसिसकेका छन् । अब ५ दिन उनी हिरासतमै रहनेछन् । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । 

यसअघि अदालतले लामिछानेलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ काठमाडौंबाट पक्राउ परेका थिए । सोही राति उनलाई पोखरा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *